त्रि.वि. रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंको ६६औँ वार्षकि उत्सव त्रि.वि. मानविकी तथा सामाजिक शास्त्रका डिन प्र.डा. दुभिनन्द ढकालको प्रमुख आतत्थ्यितामा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख डा. पद्मकुमार अधकिारीले गर्नु भएको थियाे । कार्यक्रमका अन्य अतियिहरुमा रत्न राज्यलक्ष्मी क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरू रामप्रसाद भट्टराई, सुलि पौडल, गोपाल चन्द्र पाेखरेल, प्रा.डा. रुद्रप्रसाद पौडेल, डा.निरमला कुमारी सुवाल, प्रा. डा. जीवनधर ज्ञवाली, नेपाल प्राध्यापक संघका महासचवि नरेन्द्र शविाकोटी, प्राध्यापक संघ रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापती डा. विनोद कार्की, कर्मचारी संघ, रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापती मन्दरिा बुढाथोकी, स्वतन्त्र वद्यिार्थी युनयिनका सभापती लोकेश खडका, पुरस्कारदाताका तर्फबाट डा. बीनुबाबा अर्याल, तथा अन्य दाता एबम रत्न राज्यलक्ष्मी क्याम्पसमा क्रीयाशलि वभिन्नि वैचारकि समूहको प्रतनिधित्वि गर्नुहुने प्राध्यापक संगठन तथा विद्यार्थी संघ संगठनका प्रतिनिधीहरु रहनु भएको थियो । कार्यक्रमको अध्यक्ष समेत रहनुभएका क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले एक वर्षभर भएगरेका कामकारवाही तथा प्रगती विबरण सहित क्याम्पसका गतिबिधि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । सन्ध्याकालिन सत्रका सहायक क्याम्पस प्रमुख डा. विष्णुप्रसाद ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्यद्वारा दिवकालिन सत्रका सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाल आचार्यले स्वागत गर्नुभएको थियो । वार्षिक दिवसकै अवसरमा विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी तथा लामो समयसम्म क्याम्पसमा क्रियाशिल रही निवृत हुनुभएका तथा उत्कृष्ट सेवा गर्नुहुने शिक्षक कर्मचारीलाइ सम्मान प्रदान गरिएको थियो । साथै कार्यक्रमलाइ व्यवस्थित बनाउन सहयोग गर्नुहुने तथा कार्यक्रमका सहभागीलाइ क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा.लिल प्रसाद लिम्बुले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यसै सन्दर्भमा २०८३ भाद्र ५ शुक्रबारका दिन क्याम्पसले स्थनीय विदा समेत दिएको थियो ।