बी.सी.ए. प्रथम सेमेस्टर अभिमुखीकरण कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

बी.सी.ए. प्रथम सेमेस्टर अभिमुखीकरण कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

2026-09-16

रत्न राज्यलक्ष्मी क्याम्पसको बी.सी.ए. विभागद्वारा आयोजित बी.सी.ए. प्रथम सेमेस्टर अभिमुखीकरण कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।

बी.सी.ए. कार्यक्रमका निर्देशक आनन्द के.सी. ज्यूको अध्यक्षता तथा डा. पद्मकुमार अधिकारी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी कल्याणकारी प्रमुख लिला प्रसाद लिम्बू ज्यू, तीनै सिफ्टका सहायक क्याम्पस प्रमुखहरू डा. रमेश गौतम, गोविन्द प्रसाद आचार्य र डा. विष्णु प्रसाद ज्ञवाली ज्यूहरू, स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) का अध्यक्ष लोकेश कुमार खड्का ज्यू तथा क्याम्पसका कर्मचारीज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा २०२६ ब्याचका नवआगन्तुक विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममार्फत नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पसको शैक्षिक वातावरण, बी.सी.ए. कार्यक्रमको संरचना, अध्ययन–अध्यापन प्रणाली, उपलब्ध सेवासुविधा तथा विभिन्न शैक्षिक गतिविधिबारे आवश्यक जानकारी प्रदान गरिएको थियो। साथै, विद्यार्थीहरूलाई क्याम्पस परिवारमा औपचारिक रूपमा स्वागत गर्दै उनीहरूको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पस तथा बी.सी.ए. कार्यक्रमसँग परिचित गराउनुका साथै विद्यार्थी, शिक्षक तथा क्याम्पस प्रशासनबीच आपसी समन्वय र सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।