त्रि.वि. रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंको ६३औँ वार्षिक उत्सव त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले गर्नु भएको थियो । भने कार्यक्रमका विशेष अतिथि त्रि.वि. मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा.कुशुम शाक्य रहनु भएको कार्यक्रमका अन्य अतिथीहरुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमख प्राध्यापक चिरञ्जिवी खनाल, रत्न राज्यलक्ष्मी क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरू रामप्रसाद भट्टराई, प्रा.डा. रुद्रप्रसाद पौडेल, डा. निर्मला कुमारी सुवाल, रत्न राज्यलक्ष्मी क्याम्पस RMC का संयोजक सह प्राध्यापक नवराज थापा, नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटी, प्राध्यापक संघ रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापति डा. विनोद कार्की, कर्मचारी संघ, रत्न राज्यलक्ष्मी क्याम्पस एकाइका सभापति मन्दिरा बुढाथोकी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति तपेन्द्रबहादुर शाही, पुरस्कारदाताका तर्फबाट डा. बिनुबाबा अर्याल, डा. निर्मला कुमारी सुवाल एबम रत्न राज्यलक्ष्मी क्याम्पसमा क्रीयाशिल विभिन्न वैचारिक समूहको प्रतिनिधित्व गर्नुहुने प्राध्यापक संगठन तथा विद्यार्थी संघ संगठनका प्रतिनिधीहरु रहनु भएको थियो । कार्यक्रमको अध्यक्ष समेत रहनुभएका क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले एक वर्षभर भएगरेका कामकारवाही तथा प्रगति विवरण सहित क्याम्पसका गतिबिधि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी शिक्षाध्यक्षज्यूले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो साथै क्याम्पसले Research & Educational Development Project Management Committee (RMC) बाट प्रकाशित गर्दै आएको Humanities and Social Sciences Journal Volume 14 Number 2 को विमोचन तथा रत्न राज्यलक्ष्मी क्याम्पसको नेपाली विभाग तथा सङ्गीत विभागको संयोजनमा निर्माण भएको क्याम्पस गीतको विमोचन गर्नुभयो । दिवा सत्रका सहायक क्याम्पस प्रमुख राम बहादुर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्यद्वारा सन्ध्याकालिन सत्रका सहायक क्याम्पस प्रमुख प्रमिला विडारीले स्वागत गर्नुभएको थियो । बिहानी सत्रका सहायक क्याम्पस प्रमुख रबिनदास श्रेष्ठले क्याम्पस दिवसका अवसरमा सार्वजनिक भएको आर आर गीतको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी विशिष्ट अतिथी लगाएतका अतिथीज्यूहरुले क्यम्पस दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुहुदै क्याम्पसको श्रीबृद्दिमा सहयोग गर्नुहुने सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो । वार्षिक दिवसकै अवसरमा विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी तथा लामो समयसम्म क्याम्पसमा क्रियाशिल रही निवृत हुनुभएका तथा उत्कृष्ट सेवा गर्नुहुने शिक्षक कर्मचारीलाइ सम्मान प्रदान गरिएको थियो । साथै कार्यक्रमलाइ व्यवस्थीत बनाउन सहयोग गर्नुहुने तथा कार्यक्रमका सहभागीलाइ क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा.बुद्धि प्रसाद सापकोटाले धन्यवाद ज्ञापन गर्नु भइ समपान गर्नु भएको थियो ।
यसै सन्दर्भमा २०८० भाद्र ५ मंगलबारका दिन क्याम्पसले स्थनीय विदा समेत दिएको छ ।
२०८० भदौ ४ गते
Ratna Rajyalaxmi Campus