यस क्याम्पसमा अध्ययनरत चार बर्षे स्नातक समुह अन्तर्गत दोस्रो वर्षमा भूगोल बिषय लिई अध्ययन गर्ने बिध्यार्थीहरु (Practical Geography/GEOG:424 ) र तिन बर्षे स्नातक समुह अन्तर्गत (Practical Geography / GEOG: 312) मा अनुत्तिर्ण भएका वा परिक्षा छुटेका अहिले सम्मका सम्पूर्ण आंशिक बिद्यार्थीहरुको योगात्मक परिक्षा यही २०८० साल भाद्र २९ गते शुक्रबारका दिन बिहान ठिक १०:०० बजे देखि भूगोल बिभाग, रत्न राज्यलक्ष्मी क्याम्पसमा संचालन हुने भएको हुँदा सम्पूर्ण बिध्यार्थीहरुलाई जानकारीको लागि सुचित गरिन्छ। परिक्षामा सहभागी हुनको लागि प्रवेश पत्र अनिवार्य हुनुपर्नेछ। पुनश्चः सो परीक्षामा सहभागी हुनको लागि प्रयोगात्मक फाइल र स्थलगत अध्ययन भ्रमण प्रतिबेदन यही भाद्र महिनाको २६ गते मंगलबारका दिन भित्र अनिवार्य रुपमा सम्बन्धित विभागमा बुझाई सक्नु पर्नेछ । साथै उक्त परिक्षामा अनुपस्थित बिध्यार्थीहरुको लागि अर्को कुनै ब्यबस्था नहुने जानकारी समेत यसै सुचनाद्वारा अबगत गराइन्छ। थप जानकारीका लागि यस विभागमा सम्पर्क गर्न सकिनेछ ।
उप प्रा. डा. भोला नाथ ढकाल
विभागीय प्रमुख
भूगोल विभाग
रत्न राज्यलक्ष्मी क्याम्पस
सम्पर्क नम्बर ९८४१३८१००७