कार्य सम्पादन मुल्याङ्कन फाराम भर्ने सम्वन्धी सूचना !

कार्य सम्पादन मुल्याङ्कन फाराम भर्ने सम्वन्धी सूचना !

2023-08-04
RatnaRajyaLaxmi Campus

त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्वन्धी नियम, २०५० को परिच्छेद २ दरवन्दी सिर्जना र पदपूर्ति सम्बन्धी नियम ७ मा शिक्षक, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन वार्षिक रुपमा गरिने व्यवस्था भएकाले यस क्याम्पसमा कार्यरत स्थायी शिक्षक (प्रथम श्रेणी र सो भन्दा मुनीका श्रेणीका र कर्मचारीहरु (अधिकृत प्रथम श्रेणी र सो भन्दा मुनीका श्रेणीका) को आ.व. २०७९/२०८० को कार्यसम्पादन मूल्याङ्कन फाराम ( २ प्रति ) मिति २०८० साउन ३२ गते सम्म भरी कर्मचारी प्रशासन शाखामा वुझाउनुहुन सूचित गरिन्छ । फाराम कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिने छ ।

पुनश्चः अघिल्लो वर्ष कार्य सम्पादन मुल्याङ्कन फाराम भर्न छुटेका शिक्षक र कर्मचारी, चालु आ.व.मा सरुवा भई आउने शिक्षक, कर्मचारीहरुको पनि हाल कार्यरत रहेकै कार्यालयबाट कार्यसम्पादन मूल्याङ्कन फारम भर्नुपर्ने छ । वैदेशिक तालिम, गोष्ठी वा अध्ययन भ्रमण आदिमा काजमा गएका शिक्षक, कर्मचारीको पनि आधिकारीक इमेलबाट फाराम भरी पठाउन सकिने छ ।

 



Files

S.N Name Type Download
1 NOTICES jpg