स्नातकोत्तर (MA) प्रथम र तेस्रो सेमेस्टरको परीक्षा फारम (Online) भर्ने समय थप सम्बन्धी सूचना ।

स्नातकोत्तर (MA) प्रथम र तेस्रो सेमेस्टरको परीक्षा फारम (Online) भर्ने समय थप सम्बन्धी सूचना ।

2023-07-06
RatnaRajyaLaxmi Campus

यस क्याम्पसमा स्नातकोत्तर तह प्रथम र तेस्रो सेमेस्टरमा अध्ययनरत (नियमित तथा आशिक) विद्यार्थीहरुका लागि मानविकी तथा सामाजिक शास्त्र संकायको मिति २०८० असार २१ गते प्रकाशित सूचना अनुसार सो संकायको वेबसाइट https://fohss.tu.edu.np/ मा अंकित https://exam.tufohss.edu.np/ मा गइ आवश्यक निदेर्शन अनुसार असार २८ गते भित्र अनलाइन फारम भरिसक्नुहन सूचित गरिन्छ ।

साथै विद्यार्थीहरुले परीक्षा फारम शुल्क रु. १,५००/- (पन्ध्र सय) अनलाइन माध्यम (e-Sewa or Khalti) बाट सोझै डीन कार्यालयको खातामा बुझाउनुपर्ने भएकाले यस क्याम्पसका नियमित विद्यार्थीहरुले भर्ना गर्दा बुझाएको शुल्क (परीक्षा शुल्क रु.१,५००/-) दोस्रो र चौथो सेमेस्टरको भर्नामा समायोजन गरिने बेहोरा जानकारी गराइन्छ ।

'पुनश्चः कक्षा हाजिरी नपुगेका तथा कक्षाकार्यमा सहभागी नभएका विद्यार्थिहरुले परीक्षा फारम भरेमा मानविकि तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको नियमानुसार परीक्षा फारम अस्वीकृत हुनेछ ।