गृह मन्त्रालय को मिति २०८०/०३/१२ को सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त १ दिन क्याम्पस बिदा हुने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थी वर्गमा सूचित गरिन्छ । साथै पूर्व निर्धारित आन्तरिक परीक्षाहरु भने यथावत सञ्चालन हुने व्यहोरा समेत जानकारी गराईन्छ ।