यस क्याम्पसमा सञ्चालित BCA (Bachelor in Computer Applications) कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२२ को प्रथम समेस्टरको सत्रान्त परीक्षा दिएर बसेका विद्यार्थीहरुको दोस्रो सेमेस्टरका नियमित कक्षाहरु यहि मिति २०८० साल असार १० गते आइतबारबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै दोस्रो सेमेस्टर वापतको शुल्क बुझाई मिति २०८० असार १५ गते भित्र भर्ना गरिसक्नु हुन सूचित गरिन्छ। अन्यथा आन्तरिक मूल्याङ्कन तथा कक्षा हाजिरी गणनामा सहभागी गराइने छैन ।
पुनश्चः कक्षा तालिका तथा अन्य जानकारीका लागि बि.सि. ए. कार्यक्रमको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
राम बहादुर कार्की
नि. क्याम्पस प्रमुख