उपरोक्त विषयमा राष्ट्रिय युवा सेवा कोष नेपालले विभिन्न क्याम्पसमा अध्ययनरत शारिरिक अपाङ्गता भएका गरीव तथा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप रु ५०००१- (अक्षेरुपी पांच हजार मात्र) छात्रवृत्ति पुरस्कार दिदै आइरहेको सन्दर्भमा सो छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरुले फारम भरी माघ २ गतेसम्म क्याम्पस प्रशासन वा क्याम्पस विद्यार्थी कल्याण शाखामा बुझाउन अनुरोध छ । निवेदनसाथ क्याम्पसको परिचयपत्र र अपांगताको परिचयपत्र अनिवार्य संलग्न गर्नुपर्नेछ ।
आवेदन फारम क्याम्पसको फोटोकपीबाट वा क्याम्पसको वेभसाइट Ratna Rajyalaxmi Campus बाट डाउनलोड गर्न सकिने छ ।
डा. बुद्धिप्रसाद सापकोटा
क्याम्पस विद्यार्थी कल्याण प्रमुख