त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८० कार्तिक १४ मा बसेको बैठकको निर्णय नं. २३६३ अनुसार त्रि.वि. शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ६३ को उपनियम (१) मा “विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रत्येक पदाधिकारी र स्थायी सेवाका शिक्षक कर्मचारीहरूको मासिक तलबबाट दश प्रतिशतका दरले रकम कट्टा गरी सो रकममा विश्वविद्यालयले शतप्रतिशत रकम थप गरी कर्मचारी सञ्चयकोषमा जम्मा गरिदिने व्यवस्था रहेकोमा विश्वविद्यालयमा कार्यरत अस्थायी करार शिक्षक/कर्मचारीहरूहरूले सञ्चयकोष कट्टी गर्न चाहेमा विश्वविद्यालयलाई थप आर्थिक दायित्व नपर्ने गरी स्वैच्छिक रुपमा निजहरूकै तलबबाट व्यहोरिने गरी १० देखि २० प्रतिशतसम्म रकम कट्टी गरी कर्मचारी संचयकोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सबै निकायलाई निर्देशन दिने निर्णय भए बमोजिम यस क्याम्पसमा कार्यरत अस्थायी करार शिक्षक/कर्मचारीहरूहरूले संचयकोषमा रकम जम्मा गर्न चाहेमा लेखा शाखामा तुरुन्तै सर्पक गर्नुहोला ।