बि. सि. ए. कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना ।

बि. सि. ए. कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना ।

2026-08-19
RatnaRajyaLaxmi Campus

यस क्याम्पसमा सञ्चालित बि. सि. ए कार्यक्रमको २०८३/०८४ (2026) शैक्षिक सत्रमा भर्नाका लागि त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यालयद्वारा मिति २०८३ साउन ३१ गते लिइएको प्रवेश परीक्षा उत्तीर्ण गरेका मध्ये जम्मा ७० (सत्तरी कोटा) को लागि यस क्याम्पसमा मिति २०८३/०५/०३ देखि नयाँ भर्ना गरिने भएकाले इच्छुक तथा योग्य विद्यार्थीहरूलाई आवश्यक कागजातहरु संलग्न गरी भर्ना हुन सूचित गरिन्छ।
चार वर्ष वि.सि.ए. (8 Sem) जम्मा शुल्क रु ३,३०,०००/- (परिक्षा शुल्क बाहेक)
पुनश्चः
१. नियमानुसार १० प्रतिशत विद्यार्थीहरूलाई मेरिट तथा मेरिट समावेशीका आधारमा छात्रवृत्ति उपलब्ध गराइनेछ ।
२. भर्ना भएका विद्यार्थीले कुनै कारणवश अध्ययनलाई निरन्तरता दिन नसक्ने अवस्था भएमा निजले भर्ना गर्दा
बुझाएको रकम फिर्ता नहुने तथा सो रकम कसैको नाममा स्थानान्तरण गर्न पाइने छैन।

थप जानकारीका लागिः

कार्यालय समयः विहान १०:०० बजेदेखि ४:०० बजेसम्म
फोन नं.: ०१५३२५८१९, कार्यक्रम निर्देशकः ९८५१२२३१७६

कर्मचारी ९८६८५८६५९९

#RRBCA #TUBCA