विदा सम्बन्धि सूचना !

विदा सम्बन्धि सूचना !

2023-10-13
RatnaRajyaLaxmi Campus

नेपालीहरूको महान चाड विजया दशमी २०८० तथा शुभ दीपावली, नेपाल संवत् ११४४, छठ लगायतका चाडपर्वहरुको उपलक्ष्यमा यस क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी, अविभावक तथा सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुमा क्याम्पस परिवारका तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । यस क्याम्पसमा सञ्चालित सम्पूर्ण तहको पठनपाठन मिति २०८० साल असोज २८ गतेदेखि कार्तिक ३० गते बिहीबारसम्म बन्द रहने र मंसिर १ गते शुक्रवारका दिन स्थानिय विदा राखिएकाले ४ गते सोमवारदेखि नियमित कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्चः क्याम्पसमा जारी नयाँ भर्ना तथा प्रसाशनिक कार्य कार्तिक १२ गते आइतबार देखि सुचारु हुनेछ ।

BCA (Bachelor in Computer Applications) को भर्ना तथा अन्य जानकारीका लागि 9868586599 (Call/WhatsApp / Viber) मा सम्पर्क गर्न सकिनेछ ।



Files

S.N Name Type Download
1 Notices jpg