बि. सि. ए.(BCA) कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना ।

बि. सि. ए.(BCA) कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना ।

2023-10-10
RatnaRajyaLaxmi Campus

यस क्याम्पसमा सञ्चालित बि. सि. ए (BCA) कार्यक्रमको २०८०/०८१ (2023) शैक्षिक सत्रमा भर्नाका लागि त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयद्वारा मिति २०८० असोज २० गते लिइएको प्रवेश परीक्षा उत्तीर्ण गरेका मध्ये जम्मा ७० (सत्तरी कोटा) को लागि यस क्याम्पसमा मिति २०८०/०६/२४ गतेदेखी नयाँ भर्ना गरिने भएकाले इच्छुक तथा योग्य विद्यार्थीहरूलाई निम्न लिखित कागजातहरु संलग्न गरी भर्ना हुन सूचित गरिन्छ ।
आवश्यक कागजातहरुः
१. डीनको कार्यालयद्वारा लिइएका प्रवेश परिक्षाको प्रवेश पत्रको प्रतिलिपि १ प्रति ।
२. SLC / SEE प्रमाण पत्रका प्रमाणित प्रतिलिपि २ / २ प्रति ।
३. कक्षा ११ र १२ कक्षाको लब्धाङ्कपत्रको प्रतिलिपि वा Intermediate / +2/PCL को प्रमाण
प्रतिलिपि २/२ प्रति र माइग्रेसन सर्टिफिकेट सक्कल (त्रि.वि. दर्ता नम्बर नहुनेले मात्र ) । ४. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति ।
पत्रहरुको २/२ प्रति
५. रत्न राज्यलक्ष्मी क्याम्पसको खाता रहेको नेपाल बैंक कान्तिपथ शाखाको खातामा आवेदन फाराम शुल्क रु १००/- को बैंक सक्कल भौचर र रु ५५,४५०/- (First Semester first Instalment Rs.55250 + Library Deposit Rs.200+ Health Insurance Rs. 500 + Registration Rs.500) जम्मा गरेको छुट्टै सक्कल बैङ्क भौचर ।

नोटः (प्रथम सेमेस्टरमा दोश्रो किस्ता बुझाउन बाँकी रकम रु. १५,००० परीक्षा फाराम भर्दा अनिवार्य बुझाउनु पर्नेछ ।)
पुनः चार वर्ष बि.सि.ए. (८ सेमेस्टर) जम्मा शुल्क रु ३,३०,०००/- ( परिक्षा शुल्क बाहेक) १. नियमानुसार यस क्याम्पसबाट प्रथम सत्रको परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये सत्रान्त परीक्षाको नतिजा पश्चात १० प्रतिशत विद्यार्थीहरूलाई मेरिट तथा मेरिट समावेशीका आधारमा छात्रवृत्ति उपलब्ध गराइनेछ ।
२. भर्ना भएका विद्यार्थीले कुनै कारणवश अध्ययनलाई निरन्तरता दिन नसक्ने अवस्था भएमा निजले भर्ना गर्दा बुझाएको
रकम फिर्ता नहुने तथा सो रकम कसैको नाममा स्थानान्तरण हुने छैन । थप जानकारीका लागि कार्यालय समयः विहान १०:०० बजेदेखि ५:०० बजेसम्म
फोन नं.: ०१५३२५८१९.
कार्यक्रम संयोजकः ९८४८८११५८४
कर्मचारी ९८६८५८६५९९



Files

S.N Name Type Download
1 बि. सि. ए. कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना । jpg