एम.ए. तेस्रो सेमेस्टरको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सूचना
एम.ए. तेस्रो सेमेस्टरको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सूचना
2026-02-23
RatnaRajyaLaxmi Campus
मिति : २०८२/११/११
स्नातकोत्तर तह (MA) तेस्रो सेमेस्टरको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सूचना !
उपर्युक्त सम्बन्धमा मिति २०८२ फागुन २६ गते मंगलबारदेखि तेस्रो सेमेस्टर (२०८१ ब्याच) का नियमित कक्षाहरु सञ्चालन हुने भएकोले स्नातकोत्तर तह (MA) दोस्रो सेमेस्टरको परीक्षा दिएर बसेका विद्यार्थीहरुले सम्बन्धित विषयमा तोकिए बमोजिमको शुल्क बुझाई मिति फागुन मसान्त भित्र भर्ना गर्नुहुन सूचित गरिन्छ। सेक्सन विभाजन, कक्षा हाजिरी गणना र आन्तरिक मूल्याङ्कन विद्यार्थी भर्नाको आधारमा हुने भएकाले समयमै अनिवार्य भर्ना गर्नहुन समेत सूचित गरिन्छ ।
पुनश्चः दोस्रो समेमस्टरको परीक्षा रोल नं [Exam Roll Number] कायम नभएका (NQ लागेका) विद्यार्थीहरु तेस्रो सेमेस्टरमा भर्नाहुन पाउने छैनन् र ८० प्रतिशत भन्दा कम हाजिरी हुने विद्यार्थीहरुलाई सत्रान्त परीक्षामा सहभागी गराइने छैन ।