नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न

नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न

2023-07-14

त्रि.वि. रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा बिसिए 2022 Batch मा भर्ना भएका विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख आतिथी क्याम्पसका क्याम्पस प्रमुख प्रा०डा० जीवनधर ज्ञवालीका रहनु भएको थियो । कार्यक्रमका अतिथीहरुमा दिवा सत्रका सहायक क्याम्पस प्रमुख राम बहादुर कार्की, बिसिए कार्यक्रममा अध्यापनरत शिक्षक तथा विभिन्न विभागका विभागीय प्रमुख र शाखाका शाखा प्रमुखज्यूहरु रहनुभएको थियो ।

प्रमुख अतिथी तथा अन्य अतिथीज्यूहरुले नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गर्दै क्याम्पसले बजारको माग र आवश्यकतालाइ मध्यनजर गरेर शिक्षा प्रदान गर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीलाइ स्वागत गर्दै सिनिएर सेमेस्टरका विद्यार्थीहरुले क्याम्पसमा रहदाको आफ्नो अनुभव समेत सुनाएका थिए । भने नयाँ व्याचका विद्यार्थीहरुले सिनिएर सेमेस्टर तथा क्याम्पसले आफुहरुलाइ सधै सर सहयोग गर्ने अपेक्षा सहित धन्यवाद प्रदान गरे ।

स्वागत कार्यक्रमको संचालन क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा० बुद्धि प्रसाद सापकोटाले गर्नुभएको थियो । भने कार्यक्रमलाइ व्यवस्थीत बनाउन सहयोग गर्नुहुने तथा कार्यक्रमका सहभागी र आयोजक तेस्रो सेमेस्टरका विद्यार्थीहरुलाइ धन्यवाद सहित समापन कार्यक्रमका अध्यक्ष भुपेन्द्रराम लुहारले गर्नुभयो । उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।

२०८० असार २९ गते शुक्रवार