त्रिभुवन विश्वविद्यालय, Quality Assurance and Accreditation Center(QAAC) र रत्न राज्यलक्ष्मी क्याम्पसका तर्फबाट तयार पारिएको Joint IQA Report हस्तान्तरण कार्यक्रम त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै Self Assessment Team (SAT) का सदस्य एवम् क्याम्पसका सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले सार्वजनिक विदाको समयमा पनि कार्यक्रममा सहभागी भइदिनुभएकोमा त्रिविका रेक्टर, TU, QAAC का निर्देशक, विज्ञ तथा क्याम्पसका सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रममा स्वागत गर्नुभयो।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रा.डा. शिवलाल भुसालले मानविकी सङ्कायक मात्र अध्ययन अध्यापन हुने आर आर क्याम्पसले QAA का लागि गरेको प्रयासलाई प्रशंसा गर्नुभयो । क्याम्पसले गरेको व्यवस्थापनलाई लामो समयदेखि नियाल्दै आएको बताउनुहुदै थप व्यवस्थित गर्ने कुरामा विश्वस्त रहेको धारणा व्यक्त गर्नु भयो।
TU, QAAC विज्ञ समूहका सदस्य प्रा.डा. कृष्णदास मानन्धरले QAA का लागि क्याम्पसको तर्फबाट गरिएको प्रयासलाइ धन्यवाद सहित सफलताको शुभकामना व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा TU, QAAC का निर्देशक डा. प्रेमबहादुर थापाले यो प्रक्रियाका लागि क्याम्पसले यस प्रक्रियाको सुरुवात देखिनै संयोजन गरिरहनु भएका Self Assessment Team (SAT) सदस्य अनिता भट्टराई धन्यवादको पात्र रहनुभएको बताउनुभयो । क्याम्पस र उक्त टिमले गरेको प्रयासले एक चरणको सफलता प्राप्त गरेको र थप प्रयास जारी राख्न सुझाव व्यक्त गर्नुभयो।
क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै यस रिपोर्ट तयार गर्नमा सुरुवात देखीनै महत्त्पूर्ण सहयोग गर्ने क्याम्पसको SAT Teamमा रहेर काम गर्नुभएका अनिता भट्टराई, गोबिन्द आचार्य र देवी प्रसाद घिमिरे सहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै रिपोर्ट बुझ्न क्याम्पससम्म उपस्थित भइदिनुभएकोमा त्रि.वि.का रेक्टर प्रा.डा. शिवलाल भुसाल तथा TU, QAACका निर्देशक, विज्ञ समूहका सदस्यहरु समेतलाई धन्यवाद व्यक्त गर्नुभयो। रत्न राज्यलक्ष्मी क्याम्पसको Self Assessment Team (SAT) का संयोजक डा. बुद्धिप्रसाद सापकाटाले सञ्चालन गर्नुभएको थियो।भने कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुखज्यूहरु रवीनदास श्रेष्ठ (बिहानी सत्र), रामबहादुर कार्की (दिवा सत्र), प्रमिला बिडारी (सन्ध्याकालीन सत्र), त्रिवि प्राध्याप सङ्घ एकाइ समितिका सभापति डा. विनोद मञ्जन, त्रि.वि. कर्मचारी सङ्घका एकाइका सभापति मन्दिरा बुढाथोकी, पुर्व सहायक क्याम्पस प्रमुख गोबिन्द प्रसाद आचार्य, लेखा प्रमुख गङ्गा देवी प्रसाईं, सामान्य प्रशासन प्रमुख कृष्णकुमार व्यन्जनकार लगायतको सहभागिता रहेको थियो।
२०७९ पौष २७ गते