रत्न राज्यलक्ष्मी क्याम्पस, बि.सि.ए.कार्यक्रमद्वारा आयोजित ३ दिने कार्यक्रम सम्पन्न भएको छ । BCA First Semesterका विद्यार्थीहरुलाइ लक्षित Workshop मिति २०८० बैशाख १० गते सुरु भइ सेक्सन अनुसार ३/३ दिन संचालन भएको थियो । समापन समारोहका प्रमुख अतिथी तथा क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवाली रहनु भएको थियो ।
कार्यक्रमलाइ सम्बाेधन गर्नुहुदै क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले समय सापेक्ष प्राविधिक ज्ञान सबैले राख्नुपर्ने र बिसिए अध्ययनरत विद्यार्थीहरुले प्राविधिक सिप तथा ज्ञानलाइ व्यवहारीकता सँग जाेडेर उपयाेगी बनाउन आग्रह गर्नुभयाे । क्याम्पसले यस खालका कार्यशाला संचालन गर्दै जाने र त्यसमा विद्यार्थीकाे इच्छाशक्त्ति, चाहना र साथ रहनेमा विश्वास व्यक्त गर्नुभयाे ।
बि.सि.ए. कार्यक्रमका संयोजक भुपेन्द्र राम लुहारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिथीका रुपमा क्याम्पसका सहायक क्याम्पस प्रमुख रामबहादुर कार्की, प्रमिला विडारी तथा त्रिवि प्रध्यापक संघ इकाइका सभापति डा. विनेद मंजन कार्कीका साथै प्राध्यापक कर्मचारीहरुको उपस्थिती रहेको थियो । ६ दिनसम्म संचालन भएकाे कार्यशालामा विज्ञ प्रशिक्षकका रुपमा भूमिका खेल्नुभएका भाेजराज जाेशी, श्रीकृष्ण महर्जनज्यूलाइ कदर पत्र सहित क्याम्पसका तर्फबाट सम्मान गरिएकाे थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले कार्यशालाबाट Computer hardware, software, नेटवर्किंग र त्यस संग सम्बन्धि समस्या समाधानका उपायहरु बारे प्रत्यक्ष देख्न र प्रयोग गरी अनुभव लिन पाएकोमा आफुहरुलाई Workshop उपयोगी भएको अनुभव व्यत्त गरेका थिए । कार्यशालाका सहभागी विद्यार्थीलाइ प्रमाणपत्र समेत प्रदान गरिएको कार्यक्रमको सञ्चालन विद्यार्थी कल्याणकारी प्रमुख डा बुद्धिप्रसाद सापकोटाले गर्नुभएको थियो ।
२०८० बैशाख १५